नियम ३४
दैनिक कार्य सञ्चालन गर्न रकम निकासा गर्ने
सालबसाली पेश्की खर्च ऐन वा विनियोजन ऐन लागू भै नियम ३२ को उपनियम (२) बमोजिम कार्यालयगत बजेट विवरण र कार्यक्रम प्राप्त नभएको अवस्थामा कार्यालयको दैनिक कार्य सञ्चालन गर्नको लागि महालेखा नियन्त्रक कार्यालयले तोकिदिए बमोजिमको रकम सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयले पेश्कीको रूपमा निकासा गर्न सक्नेछ । पेश्की खर्च ऐन अन्तर्गत निकासा भएको रकम विनियोजन ऐन लागू भएपछि स्वतः विनियोजन ऐन बमोजिम निकासा भएको मानिनेछ ।